काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको हो ।
अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँ रहेको चाँदी यस दिन १७५० कायम भएको छ ।
Leave a Reply