काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो।
सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको बताईएको छ । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।
कामतले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।
Leave a Reply