काठमाडौं । काभा महिला भलिबल लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
नेपाल भलिबल सङ्घको आयोजनामा आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल सुरु हुन लागेको हो ।
आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
Leave a Reply