Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • ग्लोबल टी-२० लिग : दीपेन्द्र र सन्दीप आबद्ध टीमको लगातार चौथो हार

    ग्लोबल टी-२० लिग : दीपेन्द्र र सन्दीप आबद्ध टीमको लगातार चौथो हार

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 969
    SHARES

    काठमाडौं । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो चौथो खेलमा पनि नेपाली टीमका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने आबद्ध भ्यानकुभर नाइट्स हारेको छ । गएराति भएको खेलमा भ्यानकुभर नाइट्स ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो ।

    टस जितेर भ्यानकुभरले वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको भ्यानकुभरले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।



    भ्यानकुभरले दिएको १५० रनको लक्ष्य वुल्भ्सले १८.१ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो। भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए । भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महंगा सावित भए।



    नेपालका अर्का अलराउण्डर दीपेन्द्रले भने चार ओभर बलिङ गर्दा बिना विकेट मात्र १८ रन दिए । उनले कसिलो बलिङ गरेका हुन्।

    उक्त खेलमा दीपेन्द्रले चार ओभर बलिङ गर्दा सन्दीपले भने तीन ओभर मात्र बलिङ गर्न पाएका थिए । योसँगै सन्दीप र दिपेन्द्रको टिम भ्यानकुभरले लगातार चौथो हार खाएको छ। अंकबिहीन भ्यानकुभर तालिकाको पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार