Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

    चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 651
    SHARES

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।

    मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन भनेको हो ।
    जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।



    मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।



    बोर्डका अध्यक्ष भुवन केसीको साउन ९ गते कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार