Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज साउन १७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल साउन १७ गते बिहिबारको राशिफल ।

मेष

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

मिथुन

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला

सिंह

महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

धनु

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कुम्भ

साथीभाइबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्ला । पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

बृष

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट

आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कन्या

आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

बृश्चिक

लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

मकर

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मीन

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077