Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिडिया ट्रायलबाट बच्न गृहमन्त्री लेखकलाई रविको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल बच्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक रहेको बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिनँ, तपाईं सक्नुहोला । तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोग छ । मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेका छन् ।’

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए ।

उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077