Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मिडिया ट्रायलबाट बच्न गृहमन्त्री लेखकलाई रविको सुझाव

    मिडिया ट्रायलबाट बच्न गृहमन्त्री लेखकलाई रविको सुझाव

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 297
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल बच्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक रहेको बताएका हुन् ।



    सभापति लामिछानेले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिनँ, तपाईं सक्नुहोला । तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोग छ । मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेका छन् ।’



    सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए ।

    उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार