Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारमा रहेका मन्त्रीहरुलाई स्टन्ट देखाउन जरुरी छैन : परराष्ट्रमन्त्री राणा

    सरकारमा रहेका मन्त्रीहरुलाई स्टन्ट देखाउन जरुरी छैन : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 309
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन्।

    त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्।



    उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन्।



    अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ छ।

    उनले दुई अनुभवी व्यक्ति केपी शर्मा ओली र शेरबहादुर देउवाले देशलाई गन्तव्यमा पुर्‍याउने दाबी पनि गरिन् ।

    वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार