Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पार्किङ गरेर राखेको बसभित्र भेटियो युवकको शव

    पार्किङ गरेर राखेको बसभित्र भेटियो युवकको शव

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 324
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।

    नयाँ बसपार्कभित्रको-३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो।



    मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    घटनाको प्रकृति हेर्दा ४ ५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार