Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि

    संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 243
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    निर्माणाधीन भवन अनुगमनका लागि गएका उनले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।



    उनले सबै सम्भावना प्रयोग गरेर भए पनि थपिएको समयसीमाभित्र सो भवन निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए ।



    पछिल्लो पटक थपिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार