Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • केरला बाढीपहिरो : मृतकको संख्या १३० पुग्यो, राजकीय शोकको घोषणा

    केरला बाढीपहिरो : मृतकको संख्या १३० पुग्यो, राजकीय शोकको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 1K
    SHARES

    एजेन्सी । भारतको केरलास्थित वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुगेको छ ।

    यसअघि साँझ मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।



    यससँगै ९० जनाको खोजी कार्य जारी रहेको छ भने १३१ जना अस्पतालमा भर्ना छन् । सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरलमाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ ।



    सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको छ । केरला सरकारले राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार