Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 327
    SHARES

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् ।

    आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो।



    कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् ।



    प्रदेशसभाको बैठकमा उपस्थित कूल १०७ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।

    बैठकमा हाम्रो नेपाली पार्टीका ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार