Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस सांसद खतिवडाले भने – चिनियाँ राजदूतले अमर्यादित अभिव्यक्ति दिए

    कांग्रेस सांसद खतिवडाले भने – चिनियाँ राजदूतले अमर्यादित अभिव्यक्ति दिए

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 387
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

    चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए ।



    सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कुटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताएका हुन् ।



    सांसद खतिवडाले भने,‘छिमेकी मित्रराष्ट्रका राजदूतले, आचारसंहिताविपरीत अभिव्यक्ति दिइरहेका छन् । बस नखोज, चुम्बक खोज भनेर टिप्पणी गरेका छन् । मानवीय संवेदनशीलता ख्याल गरेर बोलौँ, मर्यादाविपरीत अभिव्यक्ति दिनेलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधोस् ।’

    कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिने राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नु पर्ने उनले बताए ।

    भारतीय विज्ञले ल्याएको चुम्बक हराएको सम्बन्धमा चिनियाँ राजदूतले विभिन्न टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार