Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राजदूत सिफारिसप्रति कांग्रेसकै सांसद परियारले उठाए प्रश्न

    राजदूत सिफारिसप्रति कांग्रेसकै सांसद परियारले उठाए प्रश्न

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 483
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको आरोप लगाएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन्।



    कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले भने, ‘हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु।’



    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशको राजदूत नियुक्ति गरेको थियो ।

    मन्त्रिपरिषदले १८ देशमा राजदूत सिफारिस गर्दा दलित समुदायको प्रतिनिधित्व श‌ून्य रहेको चर्चा छ।

    १८ वटै देशमा सिफारिस भएका राजदूतहरूको नाम भने सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार