Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • धनुषामा आमा- छोराको कुटपिटबाट एक जनाको मृत्यु

    धनुषामा आमा- छोराको कुटपिटबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 282
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा आमा- छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

    धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको हो ।



    स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए।



    कुटपिटबाट गम्भीर घाइते भएका भोगेन्द्रको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार