Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकतन्त्रलाई सही बाटोमा लैजान कांग्रेस र एमाले मिल्यौं : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई सही बाटोमा लैजान कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् ।

गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको बताए।

महासचिव पोखरेलले भने, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । मिलेको छ त ?’

लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनको भनाइ छ ।

यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताए ।

लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077