Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सहरी विकासमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अनुगमन

    सहरी विकासमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अनुगमन

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 207
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन्।

    सहरी विकासमन्त्री सिंहले आज भवनको स्थलगत अवलोकन गरेका हुन् ।



    उनले भवनको अवलोकन गरेपछि सहरी विकासमन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए ।



    २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन।

    भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।

    सहरी विकासमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए ।

    निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार