पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वतखण्ड पहिरोले अवरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुलनजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो ।
पहिरोले झन्डै ५० मिटर सडक पुरिएको छ । आइतबारदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।
निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहिरो खसेपछि अर्मादी–मोदीवेणीखण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।
Leave a Reply