Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ४० प्रतिशतले घट्यो धान-चामलको आयात

    ४० प्रतिशतले घट्यो धान-चामलको आयात

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 588
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । गत आर्थिक वर्षमा धान-चामल आयात ४० प्रतिशतले घटेको छ ।

    भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ ।



    गत आवमा १२ अर्ब ९४ करोड १० लाख रुपियाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल आयात भएको छ । आव २०७९/८० मा ३६ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको थियो ।



    २०७९/८० मा १९ अर्ब १९ करोड रुपियाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपियाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो । गत आवमा भारतले धान निर्यातमा २० प्रतिशत शुल्क लगाएका कारणले आयातमा कमी आएको छ । गत आवमा १४ अर्ब ८९ करोड रुपियाँको मकै आयात भएको छ ।

    विभागका अनुसार अघिल्लो आवमा १७ अर्ब ९३ करोड रुपियाँको मकै आयात भएको थियो । प्रत्येक वर्ष स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न आयात हुने गरेकोमा गत वर्ष भारतले आयातमा कडाइ गरेकाले समग्र खाद्यान्न आयातमा कमी आएको हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार