Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    जसको प्रभावले अहिले बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार