Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज विश्वासको मत लिँदै वाग्मतीका मुख्यमन्त्री लामा

    आज विश्वासको मत लिँदै वाग्मतीका मुख्यमन्त्री लामा

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 348
    SHARES

    काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् ।

    दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री लामा विश्वासको मत लिन लागेका हुन् ।



    विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।



    मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार