Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एकैपटक २२ सचिवको सरुवा : अर्थमा घिमिरे, अख्तियारमा उपाध्याय

    एकैपटक २२ सचिवको सरुवा : अर्थमा घिमिरे, अख्तियारमा उपाध्याय

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको हो ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।



    स्रोतका अनुसार अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् ।



    त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरे आएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । यस्तै उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई पठाइएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार