काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानामा आफू गोठालो जाँदा बाघसँग पटक पटक साक्षात्कार हुने गरेको टिप्पणी गरेका छन् ।
विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारमा आयोजित कार्यक्रममा विद्यार्थीका प्रश्नको जवाफ दिँदै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
नले आफू सानैदेखि प्रकृतिसँग निकट रहेको बताए ।
‘म बच्चादेखिको गोठालो। मैले हेर्नुपर्ने भैँसी, गाई, गोरु, बाख्रा हेर्नुपर्थ्यो। त्यो हेर्नका लागि जंगल चाहिन्थ्यो। जंगलमा जाँदा कहिले कहिले बाघ पनि भेटिन्थ्यो। तर हामीले गोठालो गरेको बेला बाघले मान्छे बच्चा बच्ची भए पनि खाएन।’ उनले भने, बाघले हामीहरूलाई खाँदैनथ्यो। राँगा भैँसीहरू खान्थ्यो।’