Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

    गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 306
    SHARES

    गोरखा । गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको छ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा चार जनाको शव फेला पारेका हुन् ।



    घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव फेला परेको छ।



    सुलाल कान्छा गुरुङ, उनका छोरा जीतबहादुर गुरुङ र बुहारी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो ।

    तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो।

    पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए।  जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन्।

    यो पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र स्थानीय एक र आरूघाट गाउँपालिकाका एक जना बेपत्ता थिए।

    तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार