Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • स्कुल बस दुर्घटना अपडेट : आरतीसँगै उनका ६ वर्षीय छोराको पनि मृत्यु

    स्कुल बस दुर्घटना अपडेट : आरतीसँगै उनका ६ वर्षीय छोराको पनि मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 447
    SHARES

    पोखरा । पोखरामा आज भएको स्कूल बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्यालयकी कार्यालय सहयोगी वर्ष ३३ की आरती बि।क र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो।



    पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो।



    दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीनजनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार