Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न सात जना पक्राउ

    विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न सात जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 309
    SHARES

    काठमाडौं । लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् ।

    प्रहरीले लागूऔषधसहित झापा, बाँके, सिराहा लगायतका जिल्लाबाट ७ जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राई रहेका छन् ।



    उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर १ ग्राम ५ सय ३० मिलिग्राम बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै, बाँकेकै नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट ब्राउन सुगर ८ ग्राम ५ सय मिलिग्रामसहित सुर्खेत गुर्भाकोट नगरपालिका–६ बस्ने २९ वर्षीय प्रकाश केसी पक्राउ परेका छन् ।

    उनलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    उता, सिराहाको बरियारपट्टी गाउँपालिका–३ हुलाकी सडकबाट ब्राउन सुगर १ सय ३ ग्रामसहित गोलबजार नगरपालिका–६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले आइतबार साँझ मधेश प्रदेश ०१–००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ बबिया चोकबाट १ सय १५ किलो ७ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका–१ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् । गाँजा बोकेको प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।

    त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक रामकुमार र गाडीमा सवार बुद्धलाई आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

    सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार