काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।
गृहमन्त्री रमेश लेखकको कार्यकक्ष सिंहदरबारमा आज बिहानै कार्यदलको निर्णायक बैठक बसेको हो ।
यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । परामर्शपछि आज बैठक बसेको हो ।
टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको शुक्रबारको बैठक सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका थिए ।
बैठकमा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतको सहभागिता छ।
Leave a Reply