Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कप्तान रोहितआबद्ध टोरोन्टोको पहिलो हार

    कप्तान रोहितआबद्ध टोरोन्टोको पहिलो हार

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 756
    SHARES

    काठमाडौं । क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी-२० लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।

    सोमबार बिहान भएको खेलमा नेसनल्स सरे ज्याकवार्ससँग पराजित भएको हो ।



    सरेले नेसनल्समाथि ८० रनको फराकिलो जित हात पार्यो । यस संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । यस खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए ।



    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । नेसनल्सको अर्को खेल मंगलबार रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार