Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गम्भीरको पहिलो जिम्मेवारीमै भारतलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै जितेको छ ।

आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको हो ।

वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो ।

भारतले पहिलो टी-ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो। शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ। त्यसपछि यी दुई टोलीले तीन एक दिवसीय खेल खेल्नेछन् ।

गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो उपाधि हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077