Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • सन्दीप र दीपेन्द्रको राम्रो प्रदर्शनका बाबजुद पनि हार्‍यो भेनकुभर नाइट्स

    सन्दीप र दीपेन्द्रको राम्रो प्रदर्शनका बाबजुद पनि हार्‍यो भेनकुभर नाइट्स

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 786
    SHARES

    एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने आबद्ध भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टी-२० मा लगातार तेस्रो हार बेहोरेको छ ।

    गएराति भएको खेलमा भेनकुभर नाइट्स मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे ।



    दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए । त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो ।



    भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार