Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ वर्षीया बालिकामाथि भिनाजुले बलात्कार गरेको आरोप

धनगढी । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकाका १४ वर्षीय किशोर पक्राउ परेका हुन् । ।

उनीहरु दुवै नातामा साली–भिनाजु पर्छन् । किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077