धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन्।
मन्त्री थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएकी थिइन्।
८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो ।
Leave a Reply