Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैद सजाय

    भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैद सजाय

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 492
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् ।

    न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।



    उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाइएको छ। जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।



    यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

    यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका छन्। २०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी/सार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति थुपारेको ठहर गरेको थियो।

    भ्रष्टाचार गरेजति नै जरिवाना र डेढ वर्ष कैद सजाय पनि विशेष अदालतले सुनाएको थियो। अख्तियारले दाबी गरेभन्दा झन्डै दुई करोड कम भ्रष्टाचार गरेको विशेषको ठहर थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार