Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सौर्य एयरको जस्तो इन्जिन भएका जहाज अन्त पठाऔं : सांसद तामाङ

    सौर्य एयरको जस्तो इन्जिन भएका जहाज अन्त पठाऔं : सांसद तामाङ

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 279
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सौर्य एयरको जस्तो इन्जिन भएका जहाज अन्त पठाउनु पर्ने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् ।



    महिनामा १० दिन चलेर २० दिन बिग्रिने जहाजलाई अन्त पठाउनु पर्ने सांसद तामाङको भनाइ छ।



    सांसद तामाङले भने, ‘संसद्‌मा आउनुभन्दा पहिले २२ वटा एयरपोर्ट बनाउने पाएँ, लुक्लादेखि तुम्लिङटारसम्मका पहाडी विमानस्थल बनाएँ । ३ करोडको इक्युप्मेन्ट लुक्लामा अझै अलपत्र छ । मैले पनि त्यो सौर्यको प्लेन निकै चढेँ । एक महिनामा १० दिन चल्ने २० दिन बिग्रने सौर्यकै खालका इन्जिनका नेपालमा छन्, यस्ता इन्जिन चलाउन भएन । यस्ता जहाज अन्त पठाउने हो कि?’

    सांसद तामाङले सौर्यको विमानको जस्ता इन्जिन भएका जहाज विदेशतिर पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

    साउन ९ गते सौर्य एयरको जहाज दुर्घटनाप्रति दुखस् व्यक्त गर्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार