Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • गोरखाको धार्चेमा पहिरोले पुरिएर एकै परिवारका ३ सहित ५ जना बेपत्ता

    गोरखाको धार्चेमा पहिरोले पुरिएर एकै परिवारका ३ सहित ५ जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 339
    SHARES

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्।

    शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका छन्।



    जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो । बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन् ।

    उनीहरुमध्ये दिलीपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार