Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक घर पुरिँदा पाँचजना बेपत्ता भएका छन् ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077