Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

    पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 423
    SHARES

    फाइल तस्विर

    लमजुङ । पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भीरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।



    खरखरे भीरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।



    सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीशहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार