Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सत्ता र पैसाका लागि कम्युनिष्टहरु जोसँग पनि सहकार्य गर्न तयार छन् : उपेन्द्र यादव

    सत्ता र पैसाका लागि कम्युनिष्टहरु जोसँग पनि सहकार्य गर्न तयार छन् : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 231
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको बताएका छन् ।

    पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।



    सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको अध्यक्ष यादवको जिकिर छ ।



    अध्यक्ष यादवले भने,‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला । अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूलाई हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो, छुट्ट्याउनै गाह्रो छ ।’

    अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।

    कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाई छ।

    अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

    अध्यक्ष यादवले कम्युनिस्ट पार्टीहरूमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार