Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • खैरो हिरोइनसहित अछामबाट श्रीमान्-श्रीमती पक्राउ

    खैरो हिरोइनसहित अछामबाट श्रीमान्-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 534
    SHARES

    अछाम । अछाम प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ स्थायी ठेगाना भई हाल मंगलसेन नगरपालिका-५ स्थित आफ्नो ससुरालीमा बस्दै आएका प्रकाश बोहरा र निजको श्रीमती कल्पना भण्डारी रहेका छन्।



    मंगलसेन नगरपालिका ५ मंगलसेन नजिक लागूऔषध कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुको साथबाट ३८० मिलि ग्राम खैरो हिरोइन बराम गरेको थियो।

    दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार