Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • शरीर जता भएपनि कांग्रेस सभापति देउवाको मन हामीसँगै छ : माधव नेपाल

    शरीर जता भएपनि कांग्रेस सभापति देउवाको मन हामीसँगै छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 387
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको बताएका छन् ।

    पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्षनेपालले भने, ‘शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुरा । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ । उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यही छ, मन यता पनि छ ।’



    उनले केपी शर्मा ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा नआएको बताए ।

    उनले संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार