Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक जना गम्भीर घाइते

    जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 708
    SHARES

    फाइल तस्विर

    धनुषा। धनुषाको भंगहा जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक जना गम्भीर घाइते भएका छन्।

    जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो।



    रेलको लिक छेउबाट हिडिरहेका युवक धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन्। रेलको लिक छेउबाट हिड्ने बाटो छ ।

    जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागले जनाएको छ।

    दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार