Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

    ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

    केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।



    चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ ।



    आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएको सीइओसीले जनाएको छ ।

    ज्यान गुमाउनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ ।

    अझै पनि अधिकारीहरूले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

    सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

    केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार