Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अमेरिकाको राष्ट्रपतिमा कमलाको उम्मेदवारी घोषणा

    अमेरिकाको राष्ट्रपतिमा कमलाको उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 537
    SHARES

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेकी छन्।

    अमेरिकी उपराष्ट्रपति ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि आधिकारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।



    कमला ह्यारिसले आफ्नो पोस्टमा भनेकी छन् , ‘आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ।’



    नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।

    यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

    ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार