Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बेचन पक्राउ प्रकरण : चेन अफ कमाण्ड नमानेको आरोपमा ब्यूरोबाट डीआईजी केसी हटाइए

    बेचन पक्राउ प्रकरण : चेन अफ कमाण्ड नमानेको आरोपमा ब्यूरोबाट डीआईजी केसी हटाइए

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 4.9K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउ प्रकरणले प्रहरीभित्र तरंग फैलिएको बेला विशेष ब्यूरोबाट डीआईजी मनोज केसीको सरुवा भएको छ।

    झालाई पक्राउ गर्दा आफूलाई राम्रोसँग ब्रिफिङ नभएको भन्दै आईजीपी बसन्तबहादुर कुँवर रुष्ट बनेका थिए।  झालाई विशेष ब्यूरोको पहलमा भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।



    आईजीपी कुँवर अमेरिका गएको बेला झा पक्राउ परेका थिए । यद्यपि जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हल्ला चलाइयो। स्रोतका अनुसार परिसरका डीएसपी दिपेश बस्यालले धादिङ पुगेर झालाई काठमाडौं ल्याएका थिए ।



    तत्कालिन गृहमन्त्री रवि लामिछानेको निर्देशन मानेर संगठनलाई थाहा नै नदिकन मुख्य बिचौलिया बेचन झालाई डीआईजी  केसीले पक्राउ गराएका थिए।

    झा पक्राउ परेको बेला डीआईजी  केसी बिदामा बसेको नाटक मन्चन गरिएको थियो। यो विषयमा डीआईजी केसीमाथि चेन अफ कमाण्ड नमानेको गम्भीर आरोप लागेको थियो ।

    जसकारण उनलाई विशेष ब्यूरोबाट हटाउन आईजीपी कुँवरले गृहमन्त्रीसमक्ष प्रस्ताव गरेका थिए। स्रोतका अनुसार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डीआईजी  केसीलाई प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) मा सरुवा गरेको छ । विशेष ब्यूरोमा भने एकेडेमीमा रहेका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ।

    डीआईजी मनोज केसीमाथि चेन अफ कमाण्ड नमानेको प्रकरणमा आन्तरिक छानविन समेत भइरहेको बुझिएको छ। ।

    डीआईजी केसी तत्कालिन  अपराध अनुसन्धान कार्यालयको एसएसपी हुँदा उनकै पहलमा यो प्रकरणको विस्तृत अनुसन्धान भएको थियो । त्यतीबेला पनि केसी र आईजीपी कुँवरको सम्बन्ध राम्रो हुन सकेको थिएन ।

    डीआईजी केसीले त्यतिबेला पनि गोप्य कागजात मिडियामा चुहाएर अनुसन्धानलाई प्रभावित बनाएको आरोप लागेको थियो। स्रोत भन्छ – ‘झा पक्राउ परेपछि डीआईजी केसीले ‘स्टन्टबाज’मा माहिर तत्कालिन गृहमन्त्री रबि लामिछानेलाई ब्रिफिङ गरे पनि संगठनलाई जानकारी नै दिएका थिएनन्।’

    त्यस्तै लामिछानेको सहकारी ठगीलाई सघाएर वढुवाको पहिलो नम्वरमा आउन सफल दानवहादुर कार्कीलाई पनि केन्द्रिय प्रहरी प्रवक्ताबाट हटाउन दबाब परेको छ।

    रबि लामिछानेलाई चेन अफ कमाण्ड विपरित गएर सल्लाह दिएको आरोप लागेका एसपी अंगुर जिसी  पनि गृहको निगरानीमा परेको स्रोत वताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार