Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ शव परिवारले बुझे

    सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ शव परिवारले बुझे

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 318
    SHARES

    काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका ११ जनाको शव आज परिवारले बुझेका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन्।



    विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताईएको छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ ।



    बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो ।

    दुर्घटनामा १८ जनको मृत्यु भएको थियो । यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए ।

    को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एक जनाको शव परिवारलाई बुझाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार