Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारबाट पदाधिकारी बैठक बसिरहेको हो ।

हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका थिए । आज बाँकी पदाधिकारीहरु आफ्नो धारणा राख्ने छन् ।

सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक बसेको हो । बैठकमा नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077