Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • चितवनमा ६४ जनामा डेंगी संक्रमण

    चितवनमा ६४ जनामा डेंगी संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 333
    SHARES

    चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

    संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।



    जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।



    भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । उहाँले भन्नुभयो, “डेंगी संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

    जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार ८३१ जनामा डेंगी संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार