Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जसपाले डाक्यो केन्द्रीय समिति बैठक

    जसपाले डाक्यो केन्द्रीय समिति बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 525
    SHARES

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    जसपाको हालै सम्पन्न महाधिवेशनपछि नव गठित केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो।



    जसपा केन्द्रीय कार्यालयका अनुसार बैठक यही साउन २७, २८, २९ र ३० गते बस्नेछ ।



    उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नु पर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरण गरिनेछ ।

    साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रम लगायतका विषयहरुमा पनि छलफल गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार