Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ट्राफिकको बोली र व्यवहारमा रुखोपन छ – मजदुर व्यवसायी, प्रमाण ल्याए कारबाही गर्छु – आईजीपी

    ट्राफिकको बोली र व्यवहारमा रुखोपन छ – मजदुर व्यवसायी, प्रमाण ल्याए कारबाही गर्छु – आईजीपी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 1.7K
    SHARES

    काठमाडौँ । यातायात मजदुर व्यवसायीका प्रतिनिधि र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरबीच छलफल भएको छ ।

    उनीहरुबीच शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा छलफल भएको हो । छलफलमा मजदुर व्यवसायीहरुले प्रहरी प्रशासनबाट अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका थिए ।



    आइजिपी कुँवर समक्ष समस्याहरू प्रस्तुत गर्दै धनगढीदेखि काठमाडौँ आउने सार्वजनिक बसले सडकमा ३६ स्थानमा सुरक्षा चेकजाँच पूरा गर्नुपर्ने जसका कारण चालकमा थकान सँगसँगै मानसिक तनाव र शारीरिक शिथिलता आउने बताउँदै प्रस्थान बिन्दुमाचेकजाँच गरेर हिँडेपछि गन्तव्यमा चेकजाँच गर्नुपर्ने विधि राख्न समेत मजदुर व्यवसायी प्रतिनिधिहरूले सुझाएका छन् ।



    ‘प्रहरी मेरो साथी’ या ‘जिब्रोको गरिमा मिठो बोलीमा’ जस्ता लोकप्रिय नारा भएपनि ट्राफिक प्रहरीको बोली र व्यवहारमा रुखोपन रहेको र यातायात मजदुरलाई भौतिक आक्रमण गर्ने गरेको स्मरण गराउँदै यो कामले प्रहरी संगठनको छविलाई धुमिल बनाएकाले सुधारका काममा प्रहरी संगठनले ध्यान दिनुपर्ने विषयहरू पनि उनीहरूले सुझाएका छन् ।

    भेटमा आईजीपी कुँवरले सडकमा मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र मजदुरहरूलाई आक्रमण गर्ने कार्य गलत भएको बताउँदै त्यस्ता घटनामा संलग्नहरूलाई प्रमाणका आधारमा कारबाही गरिने बताए ।

    प्रतिनिधि मण्डलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरू रहेका थिए ।

    यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्य, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी भीम ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकार र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार