अछाम । प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त नगरपालिकाको वडा नम्बर ३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारी बरामद गरिएको हो ।
बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध घरेल मदिरा बरामद गरि नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइसकेपछि उक्त मदिरा स्थानीय जनप्रतिनिधि, समाजसेवी, संचारकर्मी, र भद्रभलादमीहरुको रोहबरमा नष्ट गरिएको छ ।
Leave a Reply